जिप दुर्घटना-४ को घटनास्थलमै मृत्यु , ७ घाइते

khabarwave
२० मंसिर २०७७

काठमाण्डाै ।   हुम्लामा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन्।  सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति २च २१०२ नम्बरको बलेरो जिप दुर्घटना भएकाे हाे ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएकाे छ। मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जानकारी जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले दिएका छन्।

घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ।बेलेरो जिप मूल सडकभन्दा करिब ५ सय मिटर दक्षिणमा खसेको हो। जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए।

 

Loading spinner