जाे मन्त्रीहरू आफु हटेकाे पत्तै पाएनन् ,मन्त्री नियुक्तीमा प्रधानमन्त्रीकाे यस्ताे मापदण्ड

khabarwave
११ पुष २०७७

काठमाण्डाै ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार  केहि मन्त्रीलाइ हटाएर नयाँ नियुक्ति गरेका छन ।  हटाइएकाे सूचिमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री जगत विश्वकर्मा परेका हुन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालसँग मन्त्री विश्वकर्माको पछिल्ला दिनमा सम्बन्ध बिग्रनु पनि उनी बर्खास्त हुनुको मुख्य कारण मानिएको छ । सदस्य सचिव सिलवालको प्रधानमन्त्री केपी ओलीसँग घनिष्ठ सम्बन्ध रहेको छ ।हरेक आर्थिक बर्ष समाप्त भएको ३ महिनाभित्र परिषदले खेलकुद मन्त्रीलाई बार्षिक प्रगति विवरण बुझाउनुपर्ने नयाँ खेलकुद ऐन २०७७ मा ब्यवस्था गरिएको छ । तर सदस्य सचिव सिलवालले ३ महिनाभित्र प्रतिवेदन नबुझाएपछि मन्त्री विश्वकर्माले मंसिर पहिलो साता उनीसँग स्पष्टीकरण सोधेका थिए । मन्त्री विश्वकर्माले सोधेको त्यही स्पष्टीकरण नै उनको सत्ता बहिर्गमनको लागि कारक बनेको अनुमान  गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल कोरोना रोकथाम र नियन्त्रणमा असफल  र स्वास्थ्य सामग्री खरिदमा बिबादमा तानिए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वास्थ्यबाट पर्यटन मन्त्रालयमा सरुवा गरेका हुन । कतिपयले उनलाइ कारबाहिबाट जाेगाउनकालागि सरूवा गरेकाे पनि अनुमान गरेका छन ।प्रधानमन्त्री ओली निकट भएका ढकालको रुखो स्वभाव र जिम्मेवारी वहन गर्न अक्षम भएपछि उनलाई स्वास्थ्यबाट हटाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हृदयेश त्रिपाठी नियुक्त भएका छन् । ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री त्रिपाठीलाई नियुक्त गरेका हुन ।

मन्त्रीपरिषद बिस्तारमा २०७४ को प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोक २ (ख)बाट नेपाली कांग्रेसका निमा लामासँग पराजीत भएका दावा लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । शेरबहादुर तामाङ  प्रचण्ड–माधव नेपाल समूहमा गएपछि उनकै क्षेत्रमा प्रदेशमा पराजीत भएका दावालाई मन्त्री बनाइएकाे छ ।त्यसैगरी उद्योग राज्यमन्त्री दुगड पनि पदमुक्तमा परेका छन् ।ब्यापारी पृष्टभूमिका दुगडलाइ राज्यमन्त्री बनाएकामा त्यसबेलानै चर्काे बिराेध भएकाे थियाे ।

राज्यमन्त्री दुगडले राज्यको जिम्मेवार पदमा बसेर अनुचित ब्यापारीक क्रियाकलाप गर्ने र गराउने गरेको आरोप लाग्दै आएको थियो । कालाबजारी गर्ने र बदमासी गर्ने उद्योगी ब्यापारीको संरक्षण गर्ने काम उनीबाट हुँदैआएको थियो । मन्त्री विश्वकर्मा र राज्यमन्त्री दुगडले मन्त्री पदबाट बिदा हुन लागेकाे पूर्ब जानकारी समेत पाएनन् ।

 

Loading spinner