जब एकैपटक १८ जनाको शव र एक जनाको अस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे…….

khabarwave
१० माघ २०७७

काठमाडौं । मलेसियाबाट  १८ जनाको शव र एक जनाको अस्तु काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकाे छ ।त्यति धेरै शब  एकैपटक आउँदा विमानस्थल क्षेत्र विहान भावबिह्वल र चकमन्न बनेको थियो । शव लिन आएका अधिकांश साथीभाइ र आफन्तजनका आँखामा आँशु थामिएको थिएन ।

मलेसियाबाट सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिने समस्या नेपाल ल्याउनुपर्ने शवहरु उतै अड्किएका थिए ।आएका शवहरूलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर वा आफन्तले सद्गत गर्ने स्थानसम्म पुर्‍याउनेछ ।

मलेसियाको क्वालालाम्पुरबाट शनिबार नेपाल वायुसेवा निगमले वाइडबडी जहाज ए३३० जहाजबाट १८ वटा शव नेपाल ल्याइएको हो । मलेसियमा सदगत गरिएका एक जनाको अस्तु पनि आएको छ । बहराइनबाट पनि एकजनाको शव आजै आउने बताइएकाे छ ।

 

Loading spinner