चिकित्सक संघकाे आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता

khabarwave
२५ आश्विन २०७७

काठमाण्डाै । नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ । १९ औँ आमरण अनशन बसेका प्राध्यापक डा. गोविन्द केसी र नेपाल सरकारबीच मध्यरात सम्झौता भएसँगै संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।

सरकार र अनसनरत केसीबीच मध्यरातमा ८ बुँदे सहमति भएकाे थियाे ।संघले २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको थियो । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिस्कार गर्ने घोषणा गरेको थियो भने आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रममा जान बाध्य हुने चेतावनी दिएको थियो ।

संघले घोषित आन्दोलनका कार्यक्रमहरुलाई संघका सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरका सम्पूर्ण स्वास्थ्यसंस्था, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न विशेषज्ञ समाज, सञ्चारकर्मी, तथा आमसर्वसाधारण नागरिकहरु लगायत विभिन्न संघ संस्थाहरुले जाहेर गरेको ऐक्यबद्धता र समथर्न प्रति संघले धन्यवाद दिएको छ ।

Loading spinner