चार पूर्व प्रधानन्यायाधिशको वक्तव्यप्रति आपत्ति जनाउदै प्रधानमन्त्रीले भने- न्याय, संविधानका कुरा गर्ने अनि सडकबाट फैसला दिने

khabarwave
२५ पुष २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने र सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट भन्दै संसद विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधिशको वक्तव्यप्रति आपत्ति जनाएका छन् । आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अदालतलाई नधमक्याउन समेत सचेत  गराएका छन् ।

प्रधानमन्त्री  ओलीले साे अबसरमा भने – एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेका छन्’ उनले भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरु जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।’

उनले अघि भने, अति जान्ने सुन्ने अजासुहरुले संवैधानिक इजलासले हुँदैन भनेको भन्दै चर्को आलोचना गरे ।

Loading spinner