गृहमन्त्री असन्तुष्ट हुदाँहुदै बढुवा प्रक्रिया अगाडी बढाईयाे, नेपाल प्रहरीकाे आईजीपीमा पोखरेल निश्चित

khabarwave
१६ मंसिर २०७७

काठमाडौं । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी)  विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको छ ।

पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । योसँगै हालका आईजीपी शैलेश थापा क्षेत्रीको अवकाश भएपछि महानिरीक्षक (आईजीपी) बन्नका लागि उनी एक्लो दाबेदार बनेका छन् । क्षेत्रीको कार्यकाल १९ वैशाख २०७९ सम्म छ ।

 

पोखरेलसँगै उनको ब्याचका सहकुल थापा, धिरजप्रताप सिंह लगायत पनि महानिरीक्षकका लागि दाबेदार मानिएका थिए । तर, सरकारले पोखरेलको एकल बढुवा गरेसँगै अन्यको सम्भावना टरेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदार पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको एकल उम्मेदवार बनाउनका लागि सरकारले मंसिर पहिलो साता गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत थाहै नदिइ एआईजीको दरबन्दी थपेको थियो ।एआईजीमा पोखरेलको ब्याचबाट एकल बढुवाले अन्यको कार्यसम्पादनसमेत खस्काउने भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट छ । तर उपप्रधानमन्त्री पोखरेलको दबाबसामू प्रहरी महानिरीक्षक क्षेत्री पनि निरीह बनेको प्रहरी प्रधान कार्यालयका एक अधिकृत बताउँछन् ।

डीआईजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा निधन भएपछि उनलाई तत्कालीन रक्षामन्त्री पोखरेलकै दबाबमा १९ वैशाख २०७६ मा एसएसपीबाट डीआईजीमा बढुवा गरिएको थियो ।

 

Loading spinner