गुप्तचरसँग भएको शिष्टाचार भेटप्रति प्रधानमन्त्रीमाथि अनुसन्धान-गगन थापा

khabarwave
७ कार्तिक २०७७

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कुटनीतिक मर्यादा विपरीत भेटवार्ता गरेको भन्दै  प्रधानमन्त्री ओलीबाटै राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएको बताएका छन् ।उनले ट्वीटमार्फत् दुई पृष्ठ लामो वक्तव्य पनि जारी गर्दै उक्त कुरा बताएका हुन  । उनले भनेका छन -परराष्ट्र मन्त्रालाय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय हो। प्रधानमन्त्रीको यस्तो गैरराजनीतिक र विशुद्ध गुप्तचरसँग भएको शिष्टाचार भेट माथि अनुसन्धान हुनुपर्छ । यस प्रकरणले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षा थ्रेट देखाएको छ ।

नेता थापाले ट्वीटमार्फत्  वक्तव्य पनि जारी गरेका छन् ।ImageImage

 

Loading spinner