गणतन्त्रमापनि मानव अधिकार उल्लंघन बढ्दाे ,६सय ६० घट्नाबाट पीडितलाई २६ करोड रुपैयाँ क्षतिपूर्ति दिन सिफारिस

khabarwave
३० आश्विन २०७७

काठमाण्डाै ।  राष्ट्रिय मानव अधिकार आयोगमा गत असारसम्म आयोगमा मानव अधिकार उल्लंघनका १२ हजार ८२५ वटा उजुरी दर्ता भएका छन  । त्यसमध्ये ६ हजार ६१७ उजुरी फर्च्छ्यौट भएका छन् । झण्डै आधा उजुरी फर्च्छ्यौट हुन नसकेकाेआयोगले जनाएकाे छ । आयोगकाे
प्रतिवेदन सार्वजनिक कार्यक्रममा आयोगका सदस्य सुदीप पाठकले  अहिलेसम्मआयोगले ६ हजार ६१७ उजुरी फर्च्छ्यौट गरेकाे र  यहि गतिले सबै उजुरी फर्च्छ्यौट हुन २० वर्ष लाग्ने बताएका छन ।आयोगले फर्च्छ्यौट भएकामध्ये १ हजार १९५ वटा उजुरीमा पीडितलाई न्यायका लागि सिफारिस गरेकाे  छ ।अर्थात १३.६४ प्रतिशतमात्रै पूर्ण कार्यान्वयन भएको प्रतिवेदनमा उल्लेख छ ।

सिफारिस गरिएकामध्ये ६६० वटा घट्ना हत्या वा मृत्युसँग सम्बन्धित छन् । जसमध्ये ११५ मा नेपाली सेना, ४४ मा नेपाल प्रहरी, १२ मा सशस्त्र प्रहरी, २५६ मा संयुक्त सुरक्षाकर्मी र १४३ मा नेकपा माओवादी जिम्मेवार थिए ।आयोगले पीडितलाई २६ करोड रुपैयाँ क्षतिपूर्ति दिनसमेत सिफारिस गरेको बताइएकाे छ ।

 

 

Loading spinner