खाद्य ऐन विपरीत सञ्चालनमा रहेका उद्योगहरूलाई मुद्दा

khabarwave
२७ आश्विन २०७७

काठमाडौं ।  उपभोक्ताको गुनासो तत्कालै सुन्न, चाडपर्वलक्षित अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्य प्रतिकुल हुनेगरी खाद्य वस्तु उत्पादन गर्ने उद्योगहरुलाई कारबाही थालिएको विभागले जनाएको छ ।खाद्य ऐन विपरित काम गर्ने २१ उद्योग विरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा दायर गरेको हाे ।

खाद्य ऐन विपरीत सञ्चालनमा रहेका दुई उद्योगको उत्पादन रोक्का गरिएको र २१ उद्योगविरुद्ध भने मुद्दा चलाइएको विभागले बताएकाे छ

ठूला चाडपर्वमा हुने भिडभाडमा उपभोक्ता नठगिउन भनेर विभागले खाद्य पदार्थको अनुगमनलाई तीब्रता दिएको पनि विभागले जनाएको छ । उपभोक्ताको गुनासो तत्कालै सुन्न ‘र्‍यापिड रेस्पोन्स टिम’ पनि कार्यान्वयनमा ल्याइएको छ ।

 

Loading spinner