कोरोनाभाइरस संक्रमित संख्यामा नयाँ रेकर्ड,एकैदिन दुइ हजार नाघ्याे

khabarwave
२ आश्विन २०७७

काठमाडौं।    २४ घण्टामा देशभर २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेकोस्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये १७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् ।

आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ०८८ जना रहेका छन् ।काठमाडौं उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् ।
हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयले जनाएकाे छ । आज पीसीआर ११ हजार ४५८ जनाको भएको छ ।

Loading spinner