कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ५७ ,सोमबार ३ हजार ७ सय ९० संक्रमित थपिए

khabarwave
३ कार्तिक २०७७

काठमाण्डाै ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ। मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेका छन ।

पछिल्लो २४ घण्टामा २,३३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको गौतमले बताए । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

Loading spinner