
कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु
काठमाण्डाै ।कोरोना संक्रमणबाट एक जना वडाध्यक्षको मृत्यु भएको छ ।
कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ६३ वर्षीय शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको हाे । वडा अध्यक्ष शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए ।