
कोरोना भाइरसकाे संक्रमित दर बढ्दाे, एकैदिन १सय८८ संक्रमित भेटिए
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १८८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ४ हजार ३२ जनाको नमुना परीक्षण गर्दा १८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे।केही दिनयता सरकारले कोरोना परीक्षण बढाएसँगै संक्रमितको संख्या पनि बढ्न थालेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । तीमध्ये मंगलबार थप ७७ सहित २ लाख ७२ हजार ९७ जना निको भएका छन् भने ३ हजार १९ जनाको मृत्यु भएको छ ।हाल देशभर १ हजार १२८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।