२७ भदौ, काठमाडौं । बिगत २४ घण्टामा १२सय ०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । बिगत २४ घण्टामा १० हजार १७६ नमुना परीक्षण गर्दा ४१६ महिला र ७८५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै मकवानपुरका १०७ जना, चितवनका ९२, सर्लाहीका ८३, रुपन्देहीका ८१, मोरङका ५८, नवलपुरका ५१, कास्कीका ३५, बाँकेका ३२, दाङका २४, कपिलवस्तुका २२, बर्दिया र सुर्खेतका १८/१८ जना, बाराका १५, सुनसरीका १४, पर्सा र सप्तरीका १०/१० जना र पाल्पाका ९ जनामा संक्रमण देखिएको छ ।