काेराेनाबाट ३९ हजार ५७६ जना संक्रमणमुक्त,२४ घण्टामा डिस्चार्ज हुनेकाे संख्या८सय ७९ पुग्याे

khabarwave
२९ भाद्र २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।

यस्तै काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै उपत्यकाका ८ जनाको मृत्यु भएको छ । काठमाडौंका ६१ वर्षीया महिला, ६२, ७०, ७३, ७७, ८५ वर्षीय पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

 

Loading spinner