
काेराेना बीमा वापतको१ अर्ब ३८ करोड ४८ लाख ७५ हजार रुपैयाँ भुक्तानी
काठमाडौं । बीमा वापतको रकम लिने कोरोना संक्रमितहरुको संख्या १४ हजार नाघेको छ । बीमा समितिका अनुसार १४ हजार १८४ जनालाई १ अर्ब ३८ करोड ४८ लाख ७५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।
थप २ हजार ५२१ जना भुक्तानी पाउने प्रक्रियामा छन् । ३ हजार १११ जनाको फाइल भने स्वीकृत हुने प्रक्रियामा छ ।बीमा कम्पनीहरुले निजी ल्याबका परीक्षण रिपोर्टहरु रुजु गर्न ईडीसीडी पठाउने गरेका छन् । रिपोर्ट सही भएको प्रमाणित भएर आएपछि कम्पनीहरुले भुक्तानी प्रक्रिया अघि बढाउँछन् ।