काठमाडौं , भक्तपुर र धनुषाका सिडियाे फेरिए

khabarwave
७ मंसिर २०७७

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीकाे सरूवा गरेकाे छ ।काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । गृह मन्त्रालयले गरेकाे निर्णयअनुसार काठमाडौंकाे  प्रमुख जिल्ला अधिकारीकाेरूपमा कालीप्रसाद पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई  छन् ।धनुषामा बन्धु बाँस्तोलालाई पठाइएको छ ।

काठमाडौमा सरूवा गरिएका  पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए भने भक्तपुरका सीडीओ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी थिए ।

Loading spinner