कांग्रेसले विपक्षमा मतदान गर्न लगायाे ह्वीप, पार्टी निर्णय नमान्रे सांसद चौधरीकाे चेतावानी

khabarwave
२० आश्विन २०७७

काठमाण्डाै ।  सरकारले स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेपछि      आज बस्ने  ५ नं प्रदेश सभा बैठकमा राजधानी र नामबारे मतदान प्रक्रियाबाट निर्णय हुने कार्यसूचि छ ।

प्रदेशको नाम र राजधानीको निर्णय गर्न दुई तिहाइ मत चाहिने संवैधानिक व्यवस्था छ । ८७ जना सांसद रहेको सत्तारुढ दल नेकपाका मात्रै ६१ सांसद छन् । दुई तिहाइ पुग्न ५८ सांसद चाहिन्छ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । दाङ राजधानी तोक्ने प्रस्तावको नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।नोट अफ डिसेन्ट लेखेका १४ जनाले पार्टीको कारवाही भोग्न तयार भएर विपक्षमा मतदान गरेमा भने प्रस्ताव पारित हुन कठिन छ ।

नेपाली कांग्रेसले सबै सांसदलाइ दाङको विपक्षमा मतदान गर्न पार्टी  मानेर दाङको विपक्षमा ह्वीप लगाएकाे छ ।कांग्रेसका १९ जनामध्ये साविक लुम्बिनी अञ्चलका १३ जना र ६ जना साविक राप्ती र भेरी अञ्चलका छन् । कांग्रेसका ६ जना सांसदले ह्वीप उल्लंघन गरेर दाङको पक्षमा मतदान गरेपनि प्रस्तावका पक्षमा ५३ मत हुन्छ र दुई तिहाइ पुग्दैन ।

कांग्रेसका सबै सांसदले पार्टीको ह्वीप मानेर दाङको विपक्षमा मतदान गरेमा नेकपाका १४ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेमा र अन्य साना दलले दाङको पक्षमा मतदान नगरेमा प्रस्तावको पक्षमा दुई तिहाइ पुग्दैन । प्रदेश सभामा साविक लुम्बिनी अञ्चलका ६ जिल्लाका मात्र ५१ सांसद छन् । साबिक राप्ती र भेरीका ३६ सांसद छन् ।

यसैबीच प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्तावको विपक्षमा मत हाल्न नेपाली कांग्रेसले ह्वीप जारी गरे पनि त्यसलाई नमान्ने सो पार्टीका  सांसद डिल्ली चौधरीले बताएका छन । ह्वीप नमान्ने   दाङकै पक्षमा भोट हाल्ने चाैधरीले बताएका छन ।

 

Loading spinner