कांग्रेसले माग्याे मध्यावधि निर्वाचन

khabarwave
१३ मंसिर २०७७

काठमाण्डाै ।अहिलेको अवस्थामा नेपाली कांग्रेस सरकारमा नजाने एक केन्द्रिय नेताले  बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर अहिलेको अवस्थामा नेपाली कांग्रेस सरकारमा नजाने बताएका छन् ।

नेपाल प्रेस युनियन डोटीद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य बलायरले अहिले नेकपाको जुटाइ वा फुटाइसँग कांग्रेसको कुनै संलग्नता नरहेको बताउँदै कसैले निम्तो पठाउँदैमा कांग्रेस सरकारमा सहभागी नहुने बताए । बलायरले देशको वर्तमान अस्तव्यवस्ततालाई ध्यानमा राख्दै नेपाली कांग्रेसले बरु मध्यावधि निर्वाचनको माग गर्ने बताए । देशलाई वर्तमान परिस्थितिबाट उम्माउनका लागि मध्यावधि निर्वाचन उपयुक्त हुन्छ,’ संविधानसभा सदस्यसमेत रहेका बलायरले भने, ‘संविधान राम्रो गर्नका लागि बनेको हो, त्यसैले मध्यावधि निर्वाचन हुनै सक्दैन भन्ने होइन् ।’ उनले राजनीतिक अस्थिरता भन्दा मध्यावधी निर्वाचननै उपयुक्त हुने दाबी गरे ।

 

पूर्वमन्त्री बलायरले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको दाबी गरेका छन ।

‘नेकपाले निर्वाचनमा जनताको मन जितेर दुई तिहाई मत त पायो तर जनभावना अनुसार काम गर्न सकेन’ बलायरले भने, ‘बरु राज्यको आडमा भ्रष्टाचार बढेको छ ।’ उनले जनताले रोजगारी गुमाउनु परेको र पर्यटन क्षेत्र चुर्लुम्मै डुवेको समेत वताए ।

 

Loading spinner