कांग्रेसकाे अग्रसरताले राजनीतिले काेल्टे फेर्ने संकेत, जसपा तानातानमा

khabarwave
२७ चैत्र २०७७

काठमाडौं ।  नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी समक्ष आफ्नो नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेपनि जसपाले छलफल गर्न समय मागेकाले कुनै सहमति नभएको बताइएकाे छ। नयाँ सरकार गठनबारे छलफल गर्न तीन दलको अर्को बैठक छिट्टै बस्नेछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा तीन दलको संयुक्त बैठक बैठकमा देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने पार्टी केन्द्रीय कार्यसमितिको निर्णय जानकारी गराएका थिए ।जसपा नेताहरुले नयाँ सरकार गठनबारे पार्टीमा छलफल गर्न समय चाहिने बताएका थिए भने  माओवादी केन्द्रका नेताहरुले नयाँ सरकार गठन गर्ने कांग्रेसको प्रस्तावको स्वागत गरेका छन् ।बैठकमा कांग्रेसका सबै पदाधिकारी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ थिए । जसपाबाट संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

 

Loading spinner