कांग्रेसका ५ केन्द्रीय सदस्यसहित १७ जनालाई संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यसमिति बैठक २५गतेसम्मकालागि स्थगित,५ दिन पार्टी कार्यालय बन्द

khabarwave
१८ आश्विन २०७७

काठमाडौं ।१४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसले  सोमबार बोलाएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।थप तीनजना केन्द्रीय सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि  कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको हाे ।

५ केन्द्रीय सदस्यसहित १७ जनालाई संक्रमण पुष्टि भएको छ । शनिबार अर्जुननरसिंह केसी, गगन थापा, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठको रिपोर्ट पोजेटिभ आएको थियो । जंगीलाल राय ,रमेश रिजाललाई पनि संक्रमण पुष्टि भएको छ ।यससँगै कांग्रेसले पार्टी कार्यालय ५ दिनका लागि बन्द गरेको छ भने सोमबार बोलाइएको बैठक स्थगित गरेको छ । २५ गते अपराहृन २ बैठक तोकिएको छ।

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेसले केन्द्रीय कार्यालय पनि आज आइतबारदेखि २२ गतेसम्मका लागि बन्द गरेको छ । आज आइतबार बस्ने भनिएको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक पनि स्थगित भएको छ ।

Loading spinner