कांग्रेस शीर्ष नेताको बैठक बस्दै

khabarwave
१४ कार्तिक २०७७

काठमाडौं । कार्तिक २१ गतेका लागि बोलाइएको केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा तय गर्ने गरी कांग्रेस सभापति शेरबहादुर देउवाले  शीर्ष नेताको बैठक बोलाएका छन । पार्टीकाे  विवाद समाधान र  केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा तय गर्न उनले सोमबारका लागि शीर्ष नेताको बैठक बोलाएका हुन्।

कोरोना संक्रमणका कारण अवरुद्ध भैरहेको केन्द्रीय समिति बैठक पुनः बोलाइएको हो। कांग्रेसमा पछिल्लाे समय पौडेल पक्षले विभाग गठन, क्रियाशील सदस्यता वितरण, मनोनित केन्द्रीय सदस्य भ्रातृ संस्थाको पदावधि ,मनोनित केन्द्रीय सदस्य,लगायतका विषयमा आपत्ति जनाउँदै आएको छ। सभापति देउवाले एकतर्फी गरेका निर्णय खारेज हुनुपर्ने पौडेल पक्षको माग भएपनि सभापति देउवाले अटेरी गर्दै अाएका छन ।

पौडेल पक्षले असोज १२ मा बुझाइएको ज्ञापनपत्रमा सभापतिलाई निर्णय सच्याउन एक साताको समय दिइएको थियो। असोज १७ मा बसेको शीर्ष नेताको बैठकले कुनै समाधान निकाल्न नसकेकाे र  साेही दिन ६ केन्द्रीय सदस्यलाई कोरोनाको पुष्टि भएपछि असोज १९ को बैठक बस्न सकेन, राेकिएकाे केन्द्रीय समितिकाे बैठक कार्तिक २१ गतेका लागि बोलाइएको छ ।

Loading spinner