कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै , महाधिवेशनबारे निर्णय हुने

khabarwave
५ फाल्गुन २०७७

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ । २ बजेका लागि बोलाईको उक्त बैठकमा १४ औँ महाधिवेशनबारे छलफल गर्ने मुख्य एजेण्डा रहेको बताइएको छ । यसअघि कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो। तोकिएको महाधिवेशन मितिमा संभव नभएपछि नयाँ मिति तय गर्न लागेको हो। देउवाले महाधिवेशन गर्न आलटाल गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष असन्तुष्ट छन्।

यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको कार्यकाल फागुन १९ गतेसम्म मात्रै रहेको छ । संविधान अनुसार कांग्रेसलाई ६ महिना कार्यकाल थप गर्न सकिने प्राबधान छ । बैठकले मुलुककाे राजनीतिक अबस्थाका बारेमा पनि निर्णय लिने बताइएकाे छ ।

Loading spinner