काँग्रेस सांसद मोहनप्रसादले लिए शपथ

khabarwave
८ मंसिर २०७७

काठमाडौँ । सभामुख अग्नि सापकोटाद्धारा नेपाली काँग्रेसका सांसद मोहनप्रसाद पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएका स्याङ्जाका पाण्डेले आज सभामुखबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा नेपाली कांग्रेसले पाण्डेलाई चयन गरेको हो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको रआयोगको पत्र प्राप्त भएपछि पाण्डेलाई शपथग्रहण गराइएको हो ।

Loading spinner