कर्णाली प्रदेश सरकारकाे बिवाद उत्सर्गमा, अविश्वासको प्रस्ताव राेक्न प्रचण्डकाे दाैडधुप

khabarwave
२६ आश्विन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा लामो समयदेखि रस्साकस्सीमा बहुमत सांसदले दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि बिवाद सतहमा आएको छ ।

नेकपाकर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् ।  कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन्।

मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् । शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी दिइएको  मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ।आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए ।केन्द्रमानेकपा का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेका छन् र कर्णालीका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा संसदीय दलको नेताबाट हटाउन आइतबार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।अध्यक्ष प्रचण्डले भने त्यसलाई रोक्नुपर्ने बताएका छन् ।  ४० सदस्यीय प्रदेशसभामा नेकपासँग ३३ सांसद छन् । ३३ मध्ये पूर्व माओवादीका १३, ओली खेमाका १२ र नेता नेपाल खेमाका आठ सांसद छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा ओली तर्फका आठ, नेता नेपाल तर्फका सात सांसद र पूर्व माओवादीका तीन सांसद छन् ।

Loading spinner