ओलीले भने-हिजो नक्कली राजालाई दाम चढाउनेले गणतन्त्र माथि हमला गरे

khabarwave
४ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा भएको बताएका छन् । अखिल नेपाल महिला संघ (अनेम) को बैठकलाई सम्बोधन गर्दै ओलीले संसद् विघटन ‘संविधानको धारा ७६ (७) र धारा ८५ अनुसार सिफारिस गरिएको  बताएका छन ।

संसद् विघटन प्रधानमन्त्रीले गरेपनि राष्ट्रपति माथि हमला गरिएको बताउदै उनले हिजो नक्कली राजालाई दाम चढाउनेले गणतन्त्र माथि हमला गरेको बताए । एकताको तीन वर्षसम्म कामै गर्न नसक्ने अवस्थामा पुगेको पार्टीले अहिले गति लिएको ओलीले बताए । ‘पार्टीमा सुद्धिकरण आवश्यक थियो । केहीलाई कारबाही र्गुपर्ने थियो, तर आफैं सुटुक्क’, ओलीले भने । तानाशाहीको विरुद्ध मात्रै सडकमा जानुपर्ने भए पनि अहिले लोकतन्त्रका विरुद्ध प्रचण्ड र माधव नेपालहरु सडकमा गएको उनले टिप्पणी गरे ।

Loading spinner