ओलीले आफ्नो संकट टार्न संसद भंग गरेको विप्लवकाे आरोप

khabarwave
६ पुष २०७७

काठमाण्डाै ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले संसद विघटन गरेको विषयमा टिप्पणी गर्दै अहिलेको असफलता र संकट आउनु अनिवार्य भएको र हाल आएर त्यसको नतिजा देखिएको बताएका छन् । प्रधानमन्त्री  केपी शर्मा ओलीले शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न नसकेपछि आफ्नो संकट टार्न संसद भंग गरेको पनि विप्लवले आरोप लगाएका छन् ।

विप्लवले  जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘आज केपी ओलीले कथित लोकतन्त्रको उच्च संस्था भनिने संसदलाई बलात् भंग गरे । नेपाली जनताको अग्रगामी एवम् रुपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरुले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि यो असफलता र संकट आउनु अनिवार्य थियो’।

 

Loading spinner