ओलीमा कम्युनिष्ट संस्कार नभएर बा संस्कार रहेको अध्यक्ष नेपालकाे दाबी

khabarwave
२८ पुष २०७७

काठमाण्डाै । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले कम्युनिष्ट आन्दोलन त्याग गरेको समाचार सुन्न बेर नभएकाे बेर नभएकाे बताएकाे छन । कास्कीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीमा कम्युनिष्ट संस्कार समेत नभएको बताएका हुन ।

ओलीमा गुट चलाउने प्रवृत्ति रहेको बताउदै उनले भने -ओलीले गुट चलाउनु हुन्छ , त्यहाँ छलफल हुँदैन । आदेश दिन्छन् । भक्तजनहरुले आदेश पालना गर्छन्’, नेपालले भने । ओलीमा कम्युनिष्ट संस्कार नभएको र बा संस्कार रहेको अध्यक्ष नेपालले बताए । ‘ओलीमा बा संस्कार छ, त्यो सामन्ती संस्कार हो’ नेपालले भने । ओलीमा आफ्नो प्रशंसा गर्नेलाई मात्रै जिम्मेवारी दिने संस्कार रहेको बताए ।

Loading spinner