ओलीकाे अनुपस्थितिमा बालुवाटारमा स्थायी कमिटीको बैठक,प्रधानमन्त्रीले गरे निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक सुरु भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको दिन नेकपा स्थायी कमिटीको बैठक बसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली र उनी निकटका स्थायी कमिटी सदस्यहरु भने सहभागी छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि ओलीले आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् । आइतबार दिउँसो वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधिक निर्वाचन गर्ने घोषणा भइसकेको छ ।आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य आयुक्तसँग मध्यावधिक निर्वाचनबारे छलफल भएको छ ।