ओली र दाहाल भेटवार्ता निष्कर्षबिहिन

khabarwave
२० कार्तिक २०७७

काठमाडौं । पाँच दिनपछि  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकाे भेटवार्तामा   कुनै ठोस सहमति हुन सकेन। ओलीलाई भेट्न प्रचण्ड बिहीबार बालुवाटार पुगेका थिए ।

स्रोतका अनुसार भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीले बुधबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका  अभिव्यक्तिबारे चासो राख्दै कसले राजीनामा मागेको हो भनेका सोधेका थिए ।

प्रचण्डले सचिवालय बैठक बसेर बिवादका बारे छलफल गर्नुपर्नेमा जोड दिएपनि  पार्टीको बैठक बोलाउन विषयमा दुई अध्यक्षबीच सहमति हुन नसकेको बताइएकाे छ ।

Loading spinner