ओली नसच्चिए म उनकाे साथमा हुने छैन-वामदेव गौतम

khabarwave
२७ बैशाख २०७८

काठमाण्डाै ।    नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक  वामदेव गौतमले प्रधानमन्त्री  केपी शर्मा ओलीलाइ २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्न र पाटी उकता जाेगाउन आग्रह गरेका छन । उनले पछिल्लाे अबस्थाकाे बारेमा भनेका छन-

१। अध्यक्ष सँगको कुराकानीबारे
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री  केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’
यसको प्रतिउत्तरमा  त्यसो भए म तपाईंको साथमा छैन’ भने।

२। माधव नेपालहरुका सन्दर्भमा
वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

Loading spinner