एमालेले  चैत १ गते बाेलाउन लाग्याे केन्द्रीय कमिटीको बैठक

khabarwave
२८ फाल्गुन २०७७

काठमाडौं ।  नेकपा एमालेले   केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने तयारी गरिरहेको छ । आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै मिति एकिन गरिने बताइएकाे छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएपछि केन्द्रीय कमिटीको बैठक बस्न लागेकाे हाे ।

सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो ।बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ । केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।

 

Loading spinner