
एमाले केन्द्रीय कमिटी बैठकले के निर्णय गर्ला ?
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक आज प्रधानमन्त्री निवासमा बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा नेता माधवकुमार नेपाल समूहका सदस्यहरू भने सहभागी नहुने भएका छन्। विधान विपरीत काम गरिरहेकाले ओलीले डाकेको बैठकमा आफूहरू सहभागी नहुने उनीहरूकाे आराेप छ ।
कर्णाली प्रदेशमा नेपाल पक्षका चार जना सांसदहरूले फ्लोर क्रस गर्दै माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सत्ता जोगाइदिएपछि ओली समूह क्रुद्ध बन्दै आएको छ ।