एनआरएनए यूकेको चुनावी मैदानमा रोजीना

khabarwave
२६ असार २०७८

लण्डन । गैरआवासीय नेपाली संघको चुनावी चहलपहलले विश्वभर रहेका नेपालीहरुबीचको गतिविधि बढ्न थालेको छ । यसैमेसोमा यूकेको उपाध्यक्ष रोजीना प्रधान राईले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी छन् । राईले शुक्रवार साँझ एक भर्रचुअल सभाको आयोजना गर्दै ९ बुँदे प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेकी छन् । उनले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने, संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागलाई सम्बोधन गराउनको लागि आवश्यक पहल गर्न, एनआरएन भवन, साना तथा ठूला लगानी प्रर्वधन, आपतकालिन कोषको स्थापना, एनआरएनए सीप बैंकको स्थापना, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली संघ यूकेलाई प्रविधीमैत्री बनाउने, एक परिवार एक उद्यमी लगायतको प्रतिबद्धता गरेकी छन् । कार्यक्रममा बेलायस्थित ५ दर्जन भन्दा बढी संघसंस्थाका प्रतिनिधीको उपस्थिती थियो । संघको निर्वाचनजुलाई ३१ तारिखमा अनलाइन मार्फत हुदैछ ।

Loading spinner