एआईजीसहित र पाँच डीआईजीको दरबन्दी थपियाे,अब प्रतिष्पर्धामा काे- काे ?

khabarwave
४ मंसिर २०७७

काठमाडौं । मन्त्रिपरिषद्माले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ ।प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआईजी छन् ।

दरबन्दी थप भएसँगै प्रहरी प्रधान कार्यालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ ।थपिएको दरबन्दी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा रहनेछ । हाल एआईजी बढुवा प्रतिष्पर्धाका लागि रानीपोखरीमा रहेका डीआईजी विश्वराज पोखरेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का सहकुलबहादुर थापा र प्रदेश २ प्रहरी प्रमुख धिरजप्रताप सिंह दौडमा छन् ।

उनीहरुमध्ये पोखरेलले यसअघि पनि एआईजीमा बढुवाका लागि दाबेदारी प्रस्तुत गरेका थिए । तर, अन्तिम समयमा सरकारले हालकै महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका हरिबहादुर पाल, निरज शाही र प्रद्युम्न कार्कीलाई एआईजीमा बढुवा गरेको थियो ।

अब थपिएका पाँचसहित ८ पदमा बढुवाको तयारी थालिएको छ । त्यसका लागि हालका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका गणेश ऐरसहित  सौरभ राणा र रामकृपाल शाहपुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्णलगायतका प्रतिष्पर्धामा छन् ।

 

Loading spinner