
उपत्यकामा ९ सय सवारीसाधन नियन्त्रणमा
काठमाडौं । काेराेना संक्रमणका कारण सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको उपत्यकामा बिहान ९ सय वटा सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। जोरबिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको हाे । राजधनीका विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिएका धेरैजसो मोटरसाइकल छन्।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीको तयारी छ।