उपत्यकामा मात्र २७सय २० संक्रमित थपिए , सक्रिय संक्रमित ४६ हजार ६सय९१ पुगे

khabarwave
७ कार्तिक २०७७

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा १६सय ९० महिला र २८सय ९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भए जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ सक्रिय  संक्रमित छन् । संक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम आइसोलेसनमा छन् भने २९० जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २७सय २० संक्रमित थपिएका छन्,नसमध्ये काठमाडौंका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जना छन् ।

 

Loading spinner