उखु किसानहरु आन्दोलित , मन्त्री भन्छन-जसरी नि न्याय दिलाउछु

khabarwave
२३ कार्तिक २०७७

काठमाडौं । आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलनमा जाने बताएका छन् । उनिहरूले मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने घोषणा गरेका छन् ।

भेटमा उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मुकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताएका थिए ।मन्त्री भट्टले भने बन्द भएका उद्याेगको जायजेथा बेचेर भएपनि किसानको रकम दिलाउने प्रतिवद्धता दोहोर्‍याए । किसानको उखु किनेर समयमै रकम भुक्तानी नगर्ने उद्योगीलाई गिरफ्तार गरिने , न्याय दिलाउने भन्दै कृषकहरुलाई आन्दोलन नगर्न आग्रह गरे उनले जसरी पनि समस्या समाधान गरिने बताए ।

 

Loading spinner