उखु किसानकाे काठमाडौं केन्द्रित आन्दोलनको घोषणा ,सरकारले गरेको बाचा पुरा नगरेकाेमा आक्राेस

khabarwave
२४ मंसिर २०७७

काठमाडौं । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । उनिहरूले मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा गरेका हुन् ।

माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी गरिएको को उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए । सरकारले किसानसँग गरेको पटक-पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको उनिहरूकाे भनाइ छ ।

काठमाडौं केन्द्रित आन्दोलनको कार्यक्रमअनुसार माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो ब्यथा सुनाउने लगायतका तयारी छ ।

 

Loading spinner