आसा र भरोसा

khabarwave
१४ कार्तिक २०७७

– रामशरण देउजा

सकियो दशै रित्तियो संन्दुक
बाँकी छ केबल आसा र भरोसा
के ईलम गर्नु पेट खै अब कसरी पाल्नु
संन्दुक भर्ने त टाढै भो
कोरोना भन्छ घर भित्रै बस
यो भोको पेट मान्दैन रोग छ
डेराको भाडा चामलको बोरा
क्या गरि तिर्ने र किन्ने हो
आखिर जसै मर्नु हो क्यार
मृत्युको अघि रोग क्या डर भो !

सकियो दशै रित्तियो संन्दुक
बाँकी छ केबला आसा र भरोसा
हत्या बलात्कार भ्रष्टाचार रहित
होलाकी हाम्रो समाज
आउँला कि सुझबुझ राजनीतिज्ञहरूमा
गर्ने देश र जनताको हित
स्वास्थ र शिक्षा आधारभुत आबस्यकता
खै किन लेखिएछ संविधानमा
रुपैयाँ पैसा नहुने याँहा
मर्छन एउटा चमेरो मरे झै !

सकियो दशै रित्तियो संन्दुक
बाँकी छ केबल आसा र भरोसा
गरौ केहि स्वदेशमा भने
जानेको छैन चाकरी चाप्लुसी
मान्दैन मन बिकृती गर्न
क्षमता दक्षता काम लाग्दैन याँहा
ढोके र द्वारे का अघि
सफल त्यही हो जाँहा सधै
नेता र गुट्को नजिक छ जो याँहा
नस्कनेहरु बस्ने हो याहाँ मृत्यु कुरेर
गर्दै आसा र भरोसा !

सकियो दशै रित्तियो संन्दुक
बाकी छ आसा र भरोसा
धन्यवाद !
२०७७/०७/११

Loading spinner