विज्ञ भन्दै कोभिडकाे उपचारको बारेमा अनावश्यक दावी नगर्न परिषदले गरायाे ध्यानाकर्षण

khabarwave
६ जेष्ठ २०७८

काठमाण्डाै ।     आयुर्वेद चिकित्सा परिषदमा दर्ता नभएका अनधिकृत ब्यक्तिहरूबाट आयुर्वेद एवं जडीबुटी विज्ञको रूपमा विभिन्न सामाजिक संञ्जालबाट अन्तर्वार्ता एवं कोभिड् –१९को उपचारको अनावश्यक दावी गर्ने गरेको र आयुर्वेदीय औषधिहरूको भ्रामक प्रचार प्रसार गरिरहेको पाइएको हुँदा यस किसिमका अवाञ्छित गतिविधिहरू नगरिदिनुहुन परिषदले सम्बन्धित सबैलाई अनुराेध गरेकाे छ ।परिषदका  तर्फबाट  रजिष्ट्रार डा. निर्मल भुषालले एक सूचना जारी गरी उक्त अनुराेध गरेका हुन ।

सूचनामा भनिएकाे छ- यस परिषद्मा दर्ता भएका आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विभिन्न लेख, भनाइ अन्तर्वार्ता आदि मार्फत आफ्ना बिचार प्रस्तुत गर्दा शास्त्र एवं वैज्ञानिक तथ्य र आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको “नेपालमा कोभिड –१९ को रोकथामका उपाय तथा व्यवस्थापनको लागि आयुर्वेद तथा बैकल्पिक चिकित्सा सम्बन्धि निर्देशिका” को आधारमा राय दिन तथा रोगको उपचार, निदान इत्यादि विषयमा अभिव्यक्ति दिँदा आफु दर्ता भएको परिषद्ले दिएको विषय र कार्यक्षेत्रको आचारसंहिताभित्र रही गर्नुहुन स्मरण गराइन्छ । सबै आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आ–आफ्नो ज्ञान र सिपको अधिकतम प्रयोग गरी देश र जनताको हितमा सधै अग्रस्थानमा रही कार्य गर्नुहुनेछ भन्ने विश्वास यस परिषद्ले लिएको छ ।No photo description available.

Loading spinner