आम हड्ताल सफल बनाउन प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ताहरू सडकमा, केही प्रहरीकाे नियन्त्रणमा

khabarwave
२२ माघ २०७७

काठमाडौं ।  आम हड्ताल सफल बनाउन प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ताहरू सडकमा उत्रिएका छन् ।उपत्यकामा प्रचण्ड-माधव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको प्रहरीले नेतृ अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको छ ।

कलंकीबाट नेतृ शाक्य पक्राउ परेकी हुन् । प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् ।बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड (माधव समूहले आकस्मिकरुपमा हड्ताल घोषणा गरेको थियो । यससँगै संसद विघटनविरुद्ध घोषणा गरेका तेस्रो चरणका आन्दोलनका कार्यक्रम भने केही परिवर्तन भएका छन् ।

बिहानैदेखि सडकमा निस्किएका केही नेता(कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अहिले ठूलो संख्यामा नेता-कार्यकर्ता प्रदर्शनसहित सडकमा निस्किएका हुन् ।बन्द गराउ%

Loading spinner