नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा ,अध्यक्षद्वयको कार्यविभाजन स्पष्ट गर्नेदेखि मन्त्रिमण्डल पुनर्गठनकाे निर्णय हुने

khabarwave
२६ भाद्र २०७७

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निबास बालुवाटारमा  बस्दैछ ।  साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो ।स्थायी कमिटीको बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बिवाद समाधानका लागी महासचिव विष्णुप्रसाद पौडेलकाे संयाेजकत्वमा ६ सदस्यीय कार्यदल बनाएका थिए । उक्त कार्यदलले प्रतिबेदन बुझाएपछि त्यसैका बारेमा छलफल गर्न  स्थायी कमिटीको बैठक बाेलाउनु पर्ने निर्णय सचिबालय बैठकले गरेपछि शुक्रबार स्थायी कमिटीकाे बैठक शुरू हुन लागेकाे हाे ।

बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार पारेको साझा प्रस्तावमाथि छलफल हुनेछ ।अध्यक्षद्वयले अध्ययनका लागि तयार पारेको उक्त साझा प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ ।

अध्यक्षद्वयले त्यसलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा बैठकमा प्रस्तुत गर्ने छन ।प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा मात्रै गर्ने लगायत विषयमा साझा प्रस्ताव तयार पारेका छन्।

Loading spinner