आइसोलेसनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिना कैद

khabarwave
२३ आश्विन २०७७

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिनासम्म कैद गर्ने गरी कारबाही अगाडि बढाएको जनाएको छ।
नागरिकले स्वाब दिने र रिपोर्ट नआई काममा फर्किने गर्दा त्यो बीचको समयमा अन्य व्यक्तिमा संक्रमण सर्ने जोखिम रहेको भन्दै मन्त्रालयले सो प्रक्रिया अगाडी बढाएकाे हो।
मन्त्रालयका अनुसार केही संक्रमितहरू आइसोलेसनमा नबसेको जानकारी आएको भन्दै त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म कैद हुने व्यवस्था रहेको जानकारी दिए।

मन्त्रालयले त्यसका लागि गृह मन्त्रालय र सबै जिल्ला प्रशासन कार्यालयलाई सूचना गरिएको पनि जनाएकाे छ ।

Loading spinner