अस्थायीरूपमा क्लिन फिड प्रसारण गर्दे सेवा प्रदायकहरू

khabarwave
१२ कार्तिक २०७७

काठमाडौं। नेपाली केबल तथा सेटेलाइट च्यानल अपरेटरहरुले आजबाट इन्डियन प्रिमियर लिग (आइपीएल) को प्रसारण गर्ने भएका छन्।

सरकारले कात्तिक ८ गतेबाट लागु गरेको क्लिन फिड (विदेशी विज्ञापनरहित) का कारण अवरुद्ध बनेको स्टार स्पोर्टस- १ को प्रसारण आजबाट सुरु भएको  छ । यो च्यानलको प्रसारण एसडी गुणस्तरणमा मात्रै उपलब्ध हुने छ।

मेरो टिभीको च्यानल नम्बर ६०४ ९स्काई नेटवर्कमा आजबाट आइपीएल हेर्न सकिने छ। यो अस्थायी समाधान मात्रै हो दर्शकहरुले डिसहोमको च्यानल नं ६०० मा स्टार स्पोर्टस् हेर्न सकिने छ ।

यस्तै, स्टार नेटवर्कको एउटा मात्रै च्यानल प्रसारण हुन लागेकाले आइपीएलसँगै निकै चासो मानिएको इंग्लिस प्रिमियर लिगको प्रसारण बारे अहिलेसम्म टुंगो लागिसकेकाे छैन ।  क्लियर टिभीका ग्राहकहरुले पनि स्टार स्पोर्टस् आजैबाट हेर्न सक्ने छन्। अबको एक साताभित्र यो च्यानललाई एचडी गुणस्तरमा प्रसारण गर्ने तयारी भइरहेको छ।व‍र्ल्डलिंकका ग्राहकहरुले पनि आजैबाट नेट टिभीमार्फत् उक्त च्यानल हेर्न सकिनेछ ।डिभाइन स्ट्रिम नेटवर्क प्रालिले स्टार स्पोर्ट्ससँग मिलेर नेपाली केबल तथा सेटेलाइट अपरेटरहरुलाई च्यानल वितरण गर्न लागेको मेरो टिभी जानकारी दिएकाे छ । सबै सेवा प्रदायकहरुले आइपी प्रविधि मार्फत् आजबाट आइपीएलको प्रसारण गर्न लागेको हुन ।

 

Loading spinner