अमिताभविरुद्ध किन पर्यो प्रहरीमा उजुरी

khabarwave
२० कार्तिक २०७७

बलिउड महानायक अमिताभ बच्चनविरुद्ध प्रहरीमा उजुरी परेको छ । पीटीआईका अनुसार शोका निर्माता र सञ्चालक बच्चनविरुद्ध भाजपाबाट प्रतिनिधित्व गर्ने महाराष्ट्रका विधायक अभिमन्यु पवारले लातुर जिल्ला प्रहरीमा उजुरी दर्ता गराएको हो । यस विवादको मुख्य जड चाही लोकप्रिय रियालिटी क्वीज शो ’कौन बनेगा करोड’ केबीसी हो । यसैले अमिताभलाई विवादमा तानेको हो । अमिताभको कार्यक्रम केबीसीको शुक्रवार प्रसारित कर्मवीर एपिसोडमा सोधिएको एक प्रश्नले हिन्दु र बौद्ध धर्मावलम्वीको भावनामा चोट पु¥याएको सांसद पवारले आरोप लगाएका छन् । प्रहरीमा दिएको उजुरीपत्रमा लेखिएको छ, प्रश्न सोध्ने अमिताभ बच्चनविरुद्ध एक्सन लिन माग गर्दछौँ । सांसद पवारले प्रश्नका चारै विकल्प हिन्दु धर्मसँग सम्बन्धित भएको बताएका छन् । उनले यो प्रश्न पछाडिको हिन्दु धर्मालम्बीहरुको भावनामाथि खेलवाड भएको बताएका छन् ।
पवारले उजुरीपत्र ट्वीटरमा राख्दै लेखेका छन्, ’हिन्दुहरुलाई बदनाम गर्ने प्रयास गरिएको छ। साथै बुद्ध र हिन्दुहरुलाई एक अर्काबाट अलग देखाउने प्रयास गरिएको छ। जबकी यी दुबै लामो समयदेखि प्रेमपूर्ण तरिकाबाट बसिरहेका छन्।’ केहि दिन अघि अमिताभले ‘ कौन बनेका करोडपति’ शो मा २५ डिसेम्बर १९२७ मा डा बीआर अम्बेडर र उनका अनुयायीहरुले कुन धर्मग्रन्थको प्रति जलाएको थियो, यहि प्रश्नले अहिले अभिताभ बच्चनलाई प्रहरी चौकीसम्म डोर्याउन लागेको हो ।

Loading spinner