
अध्यादेश जारी भएसँगै बालुवाटारमा संवैधानिक परिषदको बैठक जारी
काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ अध्यादेश जारी भएसँगै बालुवाटारमा संवैधानिक परिषदको बैठक बाेलाएका छन । अहिले बालुवाटारमा संवैधानिक परिषदको बैठक बसिरहेको छ ।
नयाँ अध्यादेशमा अध्यक्षसहित बहाल रहेका बैठकमा बहुमत सदस्य उपस्थित भएमा बैठक बस्ने प्राबधान छ । पछिल्लो बैठकमा सभामुख उपस्थित नभएपछि नभएपछि सरकारले अध्यादेश जारी गरेकाे थियाे । जारी परिषद्को बैठकले संवैधानिक नियुक्ती गर्ने बताइएको छ।