
अध्यक्ष केसीलाई स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ। नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले केसीलाई स्ष्टीकरण सोधेको हो। निर्वाचन आचारसंहितामा नेपाल सरकार, प्रदेस सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ। यस्तै राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रियाजस्ता कार्यक्रममा भाग लिन आचारसंहिताले रोक लगाएको छ।