अख्तियारद्वारा यातायातका कर्मचारी पौने तीन लाख घुससहित रङ्गेहात पक्राउ

khabarwave
१४ माघ २०७७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीबाट यातायात व्यवस्था कार्यालय जनकपुरधामका एक कर्मचारी पौने तीन लाख घुससहित रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियारले यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलियाको काम गर्ने राज किशोर भगतलाई रङ्गेहात नियन्त्रणमा लिएको हो ।आयोगको टोलीले कापरको कोठाबाट दुई लाख २३ हजार आठ सय ५० रुपैयाँ र बिचौलियाको काम गर्ने जनकपुर उपमहानगरपालिका–१० का राज किशोर भगतको साथबाट परीक्षार्थीको नाम र दर्ता नम्बर भएको कागजातसहित ५० हजार रुपैयाँ नियन्त्रणमा लिएको छ ।दुवै जनालाई कार्यालयबाटै नगद दुई लाख ७३ हजार आठ सय ५० रुपैयाँसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

Loading spinner