अख्तियारद्वारा नापी निरीक्षकद्वय घुससहित पक्राउ

khabarwave
९ माघ २०७७

काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय सुमित चौलागाई र मनोज थापा पाँच हजार घुससहित पक्राउ परेका छन् ।

रुपन्देही जिल्लामा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिनका लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । सेवाग्राहीसँग चौलागाई र थापाले घुस मागेको भन्ने सूचनाको आधारमा  खटिएको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा कोटहीमाई गाउँपालिका वडा नं-१ बोगडियाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हाे ।

Loading spinner